
काठमाडौं । जारी यूईएफए नेसन्स लिग फुटबलको फाइनल्स पुग्ने चार टोलीको टुङ्गो लागेको छ ।
मंगलबार राति भएको खेलमा स्पेनले पोर्चुगललाई हराएपछि लिगको फाइनल्समा पुग्ने चार टोलीको निश्चित भएको हो ।
सो खेलमा स्पेनले पोर्चुगललाई १-० गोलले पराजित गर्दै फाइनल्समा आफ्नो स्थान पक्का गरेको हो ।
जितसहित स्पेनलाई फाइनल्समा पुर्याउनका लागि अल्भारो मोराटाले खेलको ८८ औं मिनटमा एक मात्र निर्णायक गोल गरेका थिए ।
यससँगै यस वर्षको नेसन्स लिगको फाइनल्समा स्पेनसँगै नेदरल्याण्ड्स, क्रोएसिया र इटाली पुगेका छन् ।
पहिलो संस्करणको विजेता पोर्चुगल र साविक विजेता फ्रान्स यो फाइनल्समा पुग्न सकेनन् ।
अब लिग ए को समूह १ बाट क्रोएसिया, समूह २ को स्पेन, समूह ३ को इटाली र समूह ४ बाट नेदरल्याण्ड्सले फाइनल्स खेल्नेछन् ।
खेल स्थल तय हुन बाँकी रहेको नेसन्स लिगको फाइनल्स खेलहरु २०२३ को जुनमा हुने तालिका रहेको छ।
प्रतिक्रिया