Pura Samachar

डर्बी भिडन्तमा म्यानचेस्टर सिटीकाे म्यानचेस्टर युनाईटेडमाथि सानदार जित

प्रकाशित: October 3, 2022
पूरा समाचार

डर्बी भिडन्तमा म्यानचेस्टर सिटीकाे म्यानचेस्टर युनाईटेडमाथि सानदार जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको डर्बी भिडन्तमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाईटेडमाथि सानदार जित निकालेको छ ।

इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा सिटीले युनाईटेडलाई ६-३ गोल अन्तरले हराएको हो ।

Q

सिटीको जितमा अर्लिङ हालाण्ड र फिल फोडेनले ह्याट्रिक पूरा गरे ।

युनाईटेडका एन्थोनी मार्सियलले दुई तथा एन्टोनीले एक गोल फर्काए ।

खेलको आठौं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

३४ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीको अग्रता २-० को बनाए ।

खेलको ३७ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।

४४ औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ४-० को बनाए ।

खेलको ५६ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाईटेडलाई ४-१ को स्थितिमा ल्याए ।

खेलको ६४ औं मिनेटमा हालाण्डले ह्याट्रिक पूरा गरेपछि सिटीको अग्रता ५-१ को बन्यो ।

Image

७२ औं मिनेटमा फोडेनले ह्याट्रिक पूरा गर्दै सिटीलाई ६-१ को अग्रता दिलाए ।

खेलको ८४ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडलाई ६-२ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा मार्सियलले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरेपनि सिटी ६-३ ले विजयी भयो ।

जितसँगै सिटीले ८ खेलमा २० अंक जोडेको छ ।

सिटी दोस्रो स्थानमा रहेको छ ।

युनाईटेड १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ

प्रतिक्रिया