Pura Samachar

भारतले दक्षिण अफ्रीकालाई ७ विकेटले हरायाे

प्रकाशित: October 10, 2022
पूरा समाचार

भारतले दक्षिण अफ्रीकालाई ७ विकेटले हरायाे

काठमाडौं । घरेलु टोली भारतले दक्षिण अफ्रीकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा जित हात पारेको छ ।

राचीँमा आइतबार भएको खेलमा भारतले दक्षिण अफ्रीकालाई ७ विकेटले हराएको हो ।

जितसँगै तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा भारतले १-१ को बराबरी बनाएको छ ।

दक्षिण अफ्रीकाले दिएको २ सय ७९ रनको लक्ष्य भारतले ४५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

भारतका लागि श्रेयस एयरले १ सय १३ रनको शतकीय इनिङ खेले ।  ईशान किशनले ९३ अर्धशतकीय इनिङ खेले ।  सन्जु सामसनले अविजित २९ रन बनाए।

दक्षिण अफ्रीकाका फोर्टून, वायन प्रनिल र कागिसो राबडाले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो ।

दक्षिण अफ्रीकाका लागि एडम मार्क्रम तथा रिजा हेनरिकले अर्धशतकीय इनिङ खेले । मार्क्रमले ७९ र हेनरिकले ७४ रन बनाए ।

डेबिड मिलरले अविजित ३५ रन बनाउँदा हेन्रिच क्लासेनले ३० रन बनाए । जानेमन मालनले २५ तथा वायन प्रनिलले १६ रन जोडे ।

भारतका लागि मोहम्मद सिराजले ३ तथा शार्दुल ठाकुर,कुलदिप यादव,शाहबाज अहमद र वासिङ्गटन सुन्दरले समान १/१ विकेट लिए ।

दुई टोलीबीचको तेस्रो तथा निर्णायक एकदिवसीय खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया