Pura Samachar

कालिकोटमा मलामी गएका १५ जना सम्पर्कबिहीन

प्रकाशित: October 10, 2022
पूरा समाचार

कालिकोटमा मलामी गएका १५ जना सम्पर्कबिहीन

काठमाडौं । कालिकोटमा मलामी गएका १५ जना सम्पर्कबिहीन भएका छन् ।

तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कबिहीन भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । स्थानीय हेमराज शाहीको मलामी गएका उनीहरूलाई पहिरोले बगाएको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए ।

साेही सूचनाकाे आधारमा प्रहरी खोजी कार्यका लागि घटनास्थलतर्फ गएको हाे । यसैगरी राँचुली गाउँमाथिबाट आएको पहिरोले २ सय घरपरिवार विस्थापित भएका छन् । नीहरूलाई अस्थायी बसोबासका लागि कालिका माध्यमिक विद्यालयमा राखिएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया