Pura Samachar

पछिल्लो २४ घन्टामा देशभर ४४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित: October 11, 2022
पूरा समाचार

पछिल्लो २४ घन्टामा देशभर ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लो २४ घन्टामा देशभर ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार मंगलबार ४४ जनामा संक्रमण पुष्टि भएको हो।

५७९ जनाको पिसिआर र १६४३ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएकाे छ ।

हाल देशभर ५७५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।

पछिल्लाे २४ घण्टामा थप २९ जना संक्रमित निको भएका छन् ।

गएकाे २४ घण्टामा कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु नभएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया