Pura Samachar

सरकारले खानेपानीको नयाँ मूल्य निर्धारण,बोटलको पानी मूल्य १६,जारको पानी खुद्रा मूल्य ४७

प्रकाशित: October 11, 2022
पूरा समाचार

सरकारले खानेपानीको नयाँ मूल्य निर्धारण,बोटलको पानी मूल्य १६,जारको पानी  खुद्रा मूल्य ४७

काठमाडौं-सरकारले खानेपानीको नयाँ मूल्य निर्धारण गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तय गरेको नयाँ मूल्यसूची अनुसार बोटलको काठमाडौं उपत्यका भित्र १ लिटरको बोटलको पानी अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ तोकिएको छ। भने २० लिटरको जारको पानी अधिकत्तम खुद्रा मूल्य ४७ रुपैयाँ तोकिएको छ।

विभागले संघीय संसद, प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसमितिको अध्ययन प्रतिवेदन समेतका नयाँ मूल्य निर्धारण गरिएको जनाएको छ।

२० लिटरको जारको पानी अधिकत्तम खुद्रा मूल्य ६० उल्लेखित मूल्य भन्दा बढी रकममा त्यस्तो प्रशोधित पानीको बोटल वा जार विक्री वितरण गरेको पाईएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम सम्बन्धित विक्रेतालाई हदैसम्मको कारवाही गरिने विभागले जनाएको छ।

प्रतिक्रिया