Pura Samachar

मणिपुरमा आइएलपी फेरि चालू गरिने

प्रकाशित: October 12, 2022
पूरा समाचार

मणिपुरमा आइएलपी फेरि चालू गरिने

डा. हरिमोहन पोखरेल

  • कोहिमा /मणिपुर राज्यमा आइएलपी (इनर लाइन परमिट )फेरि चालू गरिने कुरा एउटा विश्वसनीय सूत्रबाट प्राप्त भएको छ ।
    एउटा उच्चस्तरीय विश्वसनीय सूत्रले जनाएको छ आज राज्यका मुख्यमन्त्री एन बिरेनले राज्यमा फेरिबाट आइएलपी शुरू गर्नको लागि सिविल र पुलिसका अधिकारीहरू संग एउटा बैठक डाकेको थिए ।जसमा आइएलपी माथि गहन रूपमा छलफल भएको छ र निकट भविष्यमा यो कानुनको दायरामा मणिपुर राज्य पनि आउने छ ।
    सानो बैठकमा मुख्यमन्त्रीले राज्यको कानुन व्यवस्था बनाएर राख्नको लागि तथा आफ्नो संस्कृति तथा कतिपय कुरालाई बचाउनको लागि पनि यस कानुनकानुनको संचालन गरिनुपर्ने कुरा पनि भए।
    स्मरण रहोस् सन् दुइहजार चौदहमा भाजपाको सरकारले सता सम्हाले पश्चात मणिपुरमा आइएलपी शुरू भएको हो ।

प्रतिक्रिया