काठमाडौँ । सरकारले आउँदो कार्तिक २ र ३ गते बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाउने भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकालाई ‘भिटामिन ए क्याप्सुल’ तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई ‘जुकाको औषधि’ खुवाउन लागिएको हो ।बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र जुकाको औषधी खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।
प्रतिक्रिया