
तनहुँ– अभिनेता पल शाह (पूर्णविक्रम शाह) विरुद्ध नाबालिगलाई जबर्जस्ती करणीको अभियोगको मुद्दाको पेसी बुधबार तेस्रो पटक स्थगित भएको छ ।
बुधबारका लागि जिल्ला अदालत तनहुँमा तोकिएको पेसी स्थगित भएको अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी गराएका छन् ।
गौतमका अनुसार मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको तयारीका कारण पेसी स्थगित भएको हो ।
जिल्ला अदालतका न्यायाधीश मुख्य निर्वाचन अधिकृत तथा सरकारी वकिल तनहुँ–२ को निर्वाचन अधिकृतका रुपमा खटिएकाका कारण अभिनेता शाहविरुद्धको मुद्दाको पेसी स्थगित भएको हो । न्यायाधीश र सरकारी वकिल नै निर्वाचनको काममा खटिएकाले बुधबारको पेसी सरकारी वकिलको कार्यालयले स्थगित गर्नका लागि पत्रचार गरेको बताइएको छ ।
यसअघि गत असोज २ गते तथा भदौ भदौ १५ गते पनि अभिनेता शाहविरुद्धको मुद्दाको पेसी स्थगित भएको थियो । अभिनेता शाहलाई जिल्ला अदालत तनहुँले गत चैत १० गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो । अहिले उनी जिल्ला कारागार तनहुँमा रहेका छन् ।
प्रतिक्रिया