Pura Samachar

पछिल्लाे २४ घण्टामा  थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित: October 12, 2022
पूरा समाचार

पछिल्लाे २४ घण्टामा  थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लाे २४ घण्टामा  थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार देशभर गरिएको ७४३ पीसीआर परीक्षणमा ४५ जना र ९८० एन्टिजेन परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

कोरोनाका कारण पछिल्लाे २४ घण्टामा कसैको मृत्यु नभएको मन्त्रालयले जनाएकाे छ ।

त्यस्तै, साेही अवधिमा थप २२ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ५९८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया