Pura Samachar

आफूलाई कसैले हराउन नसक्ने रिपाेर्ट पार्टी अध्यक्ष ओलीसमक्ष पुगेपछि उम्मेदवारी राेकियाे: नेकपा एमालेका नेता भीम रावल

प्रकाशित: October 13, 2022
पूरा समाचार

आफूलाई कसैले हराउन नसक्ने रिपाेर्ट पार्टी अध्यक्ष ओलीसमक्ष पुगेपछि उम्मेदवारी राेकियाे: नेकपा एमालेका नेता भीम रावल

काठमाडाै‌ं । नेकपा एमालेका नेता भीम रावलले आफूलाई कसैले हराउन नसक्ने रिपाेर्ट पार्टी अध्यक्ष ओलीसमक्ष पुगेपछि उम्मेदवारी राेकिएकाे दाबी गरेका छन् । उनले आज पत्रकार सम्मेलन गर्दै यस्ताे बताएका हुन् । ‘मैले चुनाव उठ्नेबारे पार्टीमा जानकारी गराइसकेकाे थिएँ’ उनले भने,’पार्टी काममा रहेकै बेला सम्पर्कविहीन भरे कुप्रचार गरियो । ‘

आफ्नाे उम्मेदवारीबारे  कुनै परामर्श नगरी एमालेका निम्ति कुनै योगदान नगरेको व्यक्तिलाई टिकट दिइनु स्वेच्छाचारी र गलत भएकाे उनले बताए । ‘यस्तो निर्णयले नेता कार्यकर्ताको घोर अपमान भएको छ ।’ उनले भने ।

प्रतिक्रिया