Pura Samachar

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सार्वजनिक बिदा दिने तयारी

प्रकाशित: October 16, 2022
पूरा समाचार

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सार्वजनिक बिदा दिने तयारी

काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका हुन् ।

यद्यपी निर्णय भने भइसकेकाे छैन,  यसको आधिकारिक सूचना आधिकारिक निर्णय हुन बाँकी छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेर बिदाको निर्णय गरिने मन्त्री श्रेष्ठले बताए ।

जोशीको आइतबार बिहान किष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको पार्थिव अहिले श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको प्रांगणमा राखिएको छ । श्रद्धाञ्जली दिन प्रम देउवा,  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु लगायतका शीर्ष नेताहरू पनि पुगेका छन् । प्रधानमन्त्री देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।

प्रतिक्रिया