
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन परिचालन समिति गठन गरेको छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको विधान अनुसार आइतबार ११० सदस्यीय “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति” गठन गर्नुभएको हो ।
देउवाले मंसिर ४ गते हुने निर्वाचनका लागि केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्नुभएको कांग्रेस केन्द्रीय पार्टी कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।




प्रतिक्रिया