मुम्बई — भारतीय क्रिकेट बोर्ड बीसीसीआईको ३६औं अध्यक्षमा सन् १९८३ का विश्वकप विजेता खेलाडी रोजर बिन्नीलाई चयन गरिएको छ । उनले निवर्तमान अध्यक्ष शौरभ गांगुलीको स्थान लिनेछन् ।मुम्बईमा मंगलबार बसेको बीसीसीआईको बैठकमा ६७ वर्षीय बिन्नीलाई अध्यक्षमा चयन गरिएको हो । बीसीसीआईको सचिवमा जय शाह दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । गांगुलीले यसअघि तीन वर्षका लागि नेतृत्व सम्हालेका थिए ।बैंग्लोरमा जन्मिएका बिन्नी आफ्नो खेल समयमा अलराउन्डरका रूपमा स्थापित थिए । गांगुलीले दोस्रो कार्यकाल पनि अध्यक्ष पद सम्हाल्ने विश्वास गरिएको भए पनि उनी त्यसमा भने सफल रहेनन् । भारतीय जनता पार्टीको सदस्य बन्न अस्वीकार गरेपछि ५० वर्षीय गांगुलीले अध्यक्ष पद गुमाएको बताइएको छ ।विश्व खेलकुदकै सबैभन्दा धनी संस्था बीसीसीआई पछिल्लो समय आपसी विवाद र अदालती मुद्दाका कारण समस्यामा परेको छ ।
प्रतिक्रिया