
बुधबार नेप्से परिसूचक १२.८१ अंकले घटेको छ।
आज नेप्से ०.६९ प्रतिशतले घटेर १८४५.५१ बिन्दुमा पुगेर बन्द भएको छ।
यस दिन २१६ वटा धितोपत्रको ६४ करोड ३६ लाख ७ हजार ९७५ रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबार अभियान लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएर ८८८ रुपैयाँमा ८० पैसामा बन्द भएको छ।
त्यस्तै, सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य २३५ रुपैयाँ ६० पैसा पुगेको छ।
प्रतिक्रिया