
नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्पसनले शुक्रबार आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरेका छन्।
राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाएपछि एक वक्तव्य जारी गर्दै थम्पसनले नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु आफ्ना लागि सम्मानको विषय भएको बताएका छन्।
यस अवसरले मलाई विनयशील बनाएको छ र सार्वभौमसत्ता र साझा मूल्यमान्यताको सम्मानमा आधारित संयुक्त राज्य अमेरिका तथा नेपालबिचको सम्बन्धप्रति अटल प्रतिबद्धताका साथ सेवा गर्न कटिबद्ध छु,’ उनले भनेका छन्।
राजदूत थम्पसनले अहिलेको क्षण दुई मुलुकका लागि महत्त्वपूर्ण क्षण भएको उल्लेख गरेका छन्।
प्रतिक्रिया