
अस्ट्रेलियामा जारि टि-२० विश्वकपको सुपर-१२ चरण अन्तर्गत सनसनीपूर्ण खेलमा पाकिस्तानलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
मेलबर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट क्षेतीमा पुरा गर्यो।
आक्रमक ब्याटिंग गरेका एहमद अर्धशतक बनाएपछि मोहम्मद शामीबाट एलबिडब्लु भए। एहमदले ३४ बलमा २ चौका र ४ छक्का मद्दतले ५१ रन बनाए। चौधौं ओभरमा हार्दिक पान्ड्याले शदाब खान र हैदर अलिको विकेट लिए। सत्रौं ओभरमा आसिफ अलिलाई अर्शदिपले क्याच आउट पारे। ९१/२ को अवस्थाबाट पाकिस्तान १२०/७ को अवस्थामा पुग्यो।
त्यसपछि पनि शान मसुदले एक किनार सम्हालीराखे र उन्नाईसौं ओभरमा अर्धशतक पुरा गरे। शाहिन अफ्रिदीले पनि उनको राम्रो साथ दिए। आठौँ विकेटको लागि दुवैले ३१ रनको साझेदारी गरे। अफ्रिदी अन्तिम ओभरमा भुवनेश्वर कुमारबाट आउट भए जस अघि ८ बलमा १ चौका र १ छक्का मद्दतले १६ रन बनाए। शान मसुदले अविजित ५२ रन बनाए जुन क्रममा ४२ बलमा ५ चौका प्रहार गरे।
भारतको बलिंगमा अर्शदिप सिंह ( ३/३२ ) र हार्दिक पान्ड्याले ( ३/३० ) समान तिन विकेट लिए। मोहम्मद शामी र भुवनेश्वर कुमारले १/१ विकेट लिए।
प्रतिक्रिया