
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार १ सय १७ जनाको नमूना परीक्षण गरिएको थियो ।
५ सय ५४ जनाको पीसीआर र ५ सय ६३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बुधबार ३५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ६ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया