Pura Samachar

उपाधिका प्रमुख दाबेदार इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको खेल वर्षाको कारण रद्ध

प्रकाशित: October 28, 2022
पूरा समाचार

उपाधिका प्रमुख दाबेदार इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको खेल वर्षाको कारण रद्ध

एजेन्सी – आइसिसी टि२० विश्वकपमा उपाधिका प्रमुख दाबेदार इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको खेल वर्षाको कारण रद्ध भएको छ । लगातार वर्षाको कारण खेल हुन नसकेपछि दुबै टोलीले अंक बाँडेका छन् ।

खेल नेपाली समय अनुसार दिउँसो १: ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनुपर्ने थियो । तर वर्षाको कारण हुन सकेन । जारी विश्वकपमा वर्षाको कारण रद्ध भएको चौथो खेल हो । आजकै पहिलो खेलमा आयरल्यान्ड र अफगानिस्तानले पनि वर्षाको कारण अंक बाँडेका थिए ।

सुपर १२ को समूह बी को खेलमा दक्षिण अफ्रिका र जिम्बावेले पनि वर्षाको कारण अंक बाँड्नु परेको थियो । न्युजिल्यान्ड र अफगानिस्तानबीचको खेल पनि रद्ध भएको थियो ।

इंग्ल्यान्डले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको थियो । तर वर्षाको कारण इंग्ल्यान्ड आयरल्यान्डसँग डकवर्थ लेविस पद्धतिको आधारमा ५ रनले स्तब्ध भएको थियो । त्यस्तै अष्ट्रेलिया पहिलो खेलमा न्युजिल्यान्डसँग ८९ रनले पराजित भएको थियो । श्रीलंकालाई ७ विकेटले हराएको थियो । दुबै टोलीले अव दुई दुई खेल खेल्न बाँकी छ । जुन खेल जित्दा ७–७ अंक हुनेछ ।

नेटरनरेटमा निर्भर रहनेछ । इंग्ल्यान्डले अव मंगलबार न्युजिल्यान्ड र शनिबार श्रीलंकासँग खेल्नेछ । यी दुबै खेलमा फराकिलो अन्तरले जित हात पार्नुपर्छ । अष्ट्रेलियाले सोमबार आयरल्यान्ड र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । अष्ट्रेलियाको नेटरनेट माइनसमा हुँदा झन फराकिलो जित आवश्यक पर्दछ ।

प्रतिक्रिया