
सिड्नी । ग्लेन फिलिप्सको शतकप्रेरित न्युजिल्यान्डले आइसिसी ट्वान्टी २० विश्वकपको समूह ‘एक’अन्तर्गत शनिबार जारी खेलमा श्रीलंकालाई १ सय ६७८ रनको लक्ष्य दिएको छ । सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रनको योगफल तयार गर्यो ।
न्युजिल्यान्डका लागि फिलिप्सले ६४ बलमा १० चौका र ४ छक्ककासहित १ सय ४ रनको शानदार इनिङ खेले ।
खराब सुरुआत गरेको न्युजिल्यान्डले दुवै ओपनर फिन एलेन र डेभोन कोनवेलाई १–१ रनमा गुमाएको थियो । ड्र्याल मिट्चेलले २२ बाहेक अन्य ब्याटरले न्युजिल्यान्डका लागि उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
श्रीलंकाका लागि कसुन रजिथाले २ तथा महेश थिकशना, धनञ्जय डी सिल्भा, वानिन्दु हसारंगा र लहिरु कुमाराले १–१ विकेट लिए ।
६ ओभर सकिँदा अहिले श्रीलंकाले ४ विकेट गुमाएर २४ रन बनाएको छ ।
प्रतिक्रिया