Pura Samachar

आज उपाधिका दुई दाबेदार टोली भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदै

प्रकाशित: October 30, 2022
पूरा समाचार

आज उपाधिका दुई दाबेदार टोली भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी – आइसिसी टि२० विश्वकपमा आज उपाधिका दुई दाबेदार टोली भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ः ४५ मा पर्थमा सुरु हुनेछ ।भारत र दक्षिण अफ्रिका दुबै उपाधिका दाबेदार टोली हो । भारतले पहिलो खेलमा पाकिस्तानलाई ४ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५६ रनले हराएको थियो । भारत सुपर १२ को समूह बी मा ४ अंकका साथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिकाले पहिलो खेलमा जिम्बावेसँग वर्षाको कारण खेल पूरा हुन नसक्दा अंक बाँडेको थियो ।

दोस्रो खेलमा बंगलादेशलाई १ सय ४ रनको फराकिलो अन्तरले हराएको थियो । दक्षिण अफ्रिका २ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा छ । यस खेलको विजेता टोली सेमिफाइनल पुग्ने बलियो सम्भावना हुनेछ । भारत विजयी हुँदा भने सेमिफाइनल पक्कापक्की देखिन्छ । भारतले यस खेलपछि अव बंगलादेश र जिम्बावेसँग खेल्नेछ । दक्षिण अफ्रिकाले पाकिस्तान र नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ ।

आजको खेलमा दक्षिण अफ्रिका विजयी हुँदा पाकिस्तान बाहिरने सम्भावना उच्च हुनेछ । दक्षिण अफ्रिका ब्याटिङ र बलिङ उत्कृष्ट छ । शीर्षक्रमका ब्याटर राइली रोसोउले पछिल्ला दुई इनिङमा लगातार शतक हानेका छन् । पछिल्लो खेलमा भारत र विश्वकपमा बंगलादेशविरुद्ध शतक हान्दै उनी लगातार दुई शतक हान्ने विश्वकै दोस्रो खेलाडी बनेका थिए । रोसोउको लय रोक्न भारतीय बलरलाई मुख्य चुनौती हुनेछ ।आजको खेलमा दक्षिण अफ्रिका विजयी हुँदा पाकिस्तान बाहिरने सम्भावना उच्च हुनेछ । दक्षिण अफ्रिका ब्याटिङ र बलिङ उत्कृष्ट छ । शीर्षक्रमका ब्याटर राइली रोसोउले पछिल्ला दुई इनिङमा लगातार शतक हानेका छन् । पछिल्लो खेलमा भारत र विश्वकपमा बंगलादेशविरुद्ध शतक हान्दै उनी लगातार दुई शतक हान्ने विश्वकै दोस्रो खेलाडी बनेका थिए । रोसोउको लय रोक्न भारतीय बलरलाई मुख्य चुनौती हुनेछ ।ओपनर क्विन्टन डि कक, एडेन माक्ररम र डेविड मिलर पनि उच्च लयमा छन् । मिलरले विष्फोटक अन्त्य गर्दै आएका छन् । तल्लोक्रममा ट्रिस्टन स्टब्स र वेन पार्नेल हुनेछन् । स्टब्स राम्रो हिटर हुन् । ओपनर तथा कप्तान टेम्बा बभुमा लगातार खराब प्रदर्शन गर्दै आएका छन् । बभुमाको प्रदर्शनमा लगातार प्रश्न उठ्दै आएको छ । उनी आफैं दबाबमा हुनेछन् ।दक्षिण अफ्रिका तीव्र गतिको बलिङ आक्रामण उत्कृष्ट छ । एनरिच नोर्किया, कागिसो रबाडा, लुन्गी एनगिडी र वेन पार्नेल हुनेछन् । नोर्किया र रबाडाको जोडी भारतीय ब्याटरलाई घातक बन्नसक्छन् । नोर्कियाले बंगलादेशविरुद्ध ३.३ ओभरमा १० रन खर्चेर ४ विकेट लिएका थिए ।रबाडा र नोर्किया प्रतिघण्टा १ सय ५० किलोमिटरको गतीमा गर्नेछन् । स्पिनरमा तबरेज शाम्सी र महाराज हुनेछन् । दक्षिण अफ्रिका बलिङ, ब्याटिङ र फिल्डिङ उत्कृष्ट छ । पछिल्लो समय उच्च मनोबलमा पनि छ । सेमिफाइनलमा पुग्न जित्नै पर्ने हुँदा उच्च प्रदर्शन गर्ने अनुमान गरिएको छ ।यता भारतका विराट कोहली राम्रो लयमा छन् । कोहलीले विश्वकपमा नेदरल्यान्ड् र पाकिस्तान दुबै खेलमा अर्धशतक हानेका थिए । कोहली राम्रो लयमा छन् । कोहली जिम्मेवारीका साथ परिस्थीति अनुसार खेल्ने खेलाडी हुन् । त्यसैले उनको विकेट महत्वपूर्ण हुनेछ । कप्तान रोहित शर्मा र लोकेश राहुलबाट राम्रो सुरुवात चाहन्छ ।सूर्यकुमार यादव मध्यक्रमका भरपर्दा ब्याटर हुन् । उनी राम्रो लयमा छन् । मध्यक्रममा उनको विकेट महत्वपूर्ण हुनेछ । हार्दिक पान्ड्या, दीनेश कार्तिक र अक्षर पटेल तल्लोक्रमका ब्याटर हुन् । हार्दिक र दीनेश फिनिसर हुन् ।

प्रतिक्रिया