Pura Samachar

राप्रपाले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक

प्रकाशित: October 31, 2022
पूरा समाचार

राप्रपाले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक

कार्तिक १४, २०७९ ,प्रदेश खारेजी, संघीय र स्थानीय तहलाई बलियो पार्नुपर्ने मुद्दा सहित राप्रपाले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने कानुन बनाउने विषय घोषणापत्रमा उल्लेख गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचनका लागि राप्रपाले घोषणापत्र जारी गर्दै प्रदेश खारेजी, संघीय र स्थानीय तहलाई बलियो पार्नुपर्ने र प्रदेश संरचना खारेज गर्नुपर्ने मुद्दा पनि अगाडि सारेको छ । राप्रपाले घोषणापत्रमा लेखेको छ, ’एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्रीजस्तो कार्यकारी पदमा बस्न नपाउने ।’ हाल नेपालमा जति पटक पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था छ भने एउटै व्यक्ति कुनै पनि पार्टीको दशकौं अध्यक्ष भएर बस्न पाउने कानुनी व्यवस्था छ । राप्रपाले राजनीतिक दलसम्बन्धि कानुन परिमार्जन गरेर एक व्यक्ति कुनै पनि पार्टीको अध्यक्षमा दुई कार्यकाल मात्रै बस्न पाउने भन्ने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । शासकीय संरचनाबारे पनि राप्रपाले छोटकरीमा घोषणापत्रमा उल्लेख गरेको छ । राजतन्त्रको पक्षमा रहादै आएको राप्रापाले घोषणापत्रमा उक्त कुरालाई उल्लेख गरेको छ ।

प्रतिक्रिया