वर्षाका कारण इंग्ल्यान्ड आयरल्यान्डसँग डीएलएस पद्दतिअनुसार पाँच रनले पराजित भएको थियो । वर्षाकै कारण अस्ट्रेलियासँगको खेल ‘वास आउट’ भएपछि इंग्ल्यान्डले समूह–१ मा महत्त्वपूर्ण तीन अंक गुमायो ।
इंग्ल्यान्ड तीन खेलबाट तीन अंकसहित तेस्रो स्थानमा छ । उसलाई शीर्ष चारको सम्भावना कायम राख्न आज पाँच अंकसहित शीर्ष स्थानमा रहेको न्युजिल्यान्डविरुद्ध जितको विकल्प छैन ।
इंग्ल्यान्डको तुलनामा न्युजिल्यान्ड केही सहज अवस्थामा छ । आजको खेल जिते न्युजिल्यान्डले लगभग सेमिफाइनलमा स्थान पक्का गर्नेछ । न्युजिल्यान्डले पहिलो खेलमा अस्ट्रेलियालाई ८९ रनले, दोस्रो खेलमा श्रीलंकालाई सात विकेटले हराएको थियो । तेस्रो खेल अफगानिस्तानसँग हुने तालिका रहे पनि वर्षाका कारण रद्द भएको थियो ।
६ टिम रहेको समूहबाट शीर्ष दुई सेमिफाइनलमा पुग्नेछन् ।













प्रतिक्रिया