Pura Samachar

श्रीलंकाले अफगानिस्तानलाई हरायाे

प्रकाशित: November 1, 2022
पूरा समाचार

श्रीलंकाले अफगानिस्तानलाई हरायाे

काठमाडौं ।  आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानलाई हराएको छ ।

अष्ट्रेलियाको ब्रिसबेनमा मंगलबार भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले हराएको हो ।

यस हारसँगै अफगानिस्तान विश्वकपबाट बाहिरिएको छ ।

अफगानिस्तानले दिएको १ सय ४५ रनको लक्ष्य श्रीलंकाले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

श्रीलंकाको जितमा धनन्जय डी सिल्भाले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ खेले । कुशल मेन्डीसले २५ रन जोड्दा चारिथ असलन्काले १९ रन बनाए ।

 

भानुका राजपाक्षेले १८ रन जोड्दा पाथुम निसन्काले १० रन बनाए ।

अफगानिस्तानका राशिद खान र मुजिब उर् रहमानले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।

अफगानिस्तान रहमानउल्लाह गुरुबाजले २८ रन जोड्दा उश्मान घानीले २७ रन बनाए ।

इब्राहिम जाड्रनले २२ तथा नाजिबउल्लाहले १८ रन बनाए ।

 

श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले ३ तथा लाहिरु कुमाराले २ विकेट लिए ।

समूह १ मा रहेको श्रीलंकाको यो दोस्रो जित हो ।

श्रीलंकाले ४ खेलमा ४ अंक जोडेको छ ।

श्रीलंका तेस्रो स्थानमा उक्लिएको छ ।

अफगानिस्तान २ अंक जोडेर पुछारमा रहेको छ ।

 

प्रतिक्रिया