Pura Samachar

ललितपुर ३ की उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्चकाे अन्तरिम आदेश

प्रकाशित: November 1, 2022
पूरा समाचार

ललितपुर ३ की उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्चकाे अन्तरिम आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको हो ।

मेडिकल काउन्सिलको सदस्य रहेकी डा कार्कीको लाभको पदमा रहेको पाइएको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तर नियमित तलब भत्ता नलिने भएको कारण उक्त पद लाभको पद नरहेको जिकिर गर्दै कार्कीले सोमबार सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दर्ता गराएकी थिइन् ।

मंगलबार पेसीमा चढेको उत्तm रिटमा न्यायाधीश चुडालको इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चको आदेशसँगै कार्कीको उम्मेदवारी तत्कालका लागि कायम भएको छ ।

प्रतिक्रिया