Pura Samachar

सरकारले अमेरिका र स्वीजरल्यान्डसँग दुईपक्षीय हवाई सम्झौता गर्न स्वीकृति

प्रकाशित: November 2, 2022
पूरा समाचार

सरकारले अमेरिका र स्वीजरल्यान्डसँग दुईपक्षीय हवाई सम्झौता गर्न स्वीकृति

सरकारले अमेरिका र स्वीजरल्यान्डसँग दुईपक्षीय हवाई सम्झौता गर्न स्वीकृति दिएको छ।

मन्त्रिपरिषद्को पछिल्लो पटक बसेको बैठकले अमेरिका र स्विजरल्यान्डसँग दुईपक्षीय हवाई सम्झौता गर्न स्वीकृति दिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

उनकाअनुसार यसअघि प्राधिकरणले नेपाल र स्वीजरल्याण्डका नागरिक उड्डयन प्राधिकरणबीच प्रारम्भिक हवाई सम्झौता गरेको थियो।

जसअनुरूप मन्त्रीपरिषदको बैठकले दईपक्षीय हवाइ सम्झौताका लागि स्वीकृति दिएको उनले बताए।

प्रतिक्रिया