गत साता भएको खेलमा पोर्चुगिज क्लब बेनीफिकासँग ४–१ गोल अन्तरले पराजित भएलगतै इटालियन क्लब युभेन्ट्सको नकआउट चरणमा पुग्ने सम्भावनामाथि पूर्णविराम लागेको थियो । सन् २०१३–१४ को सिजनपछि पहिलोपटक युभेन्ट्स च्याम्पियन्स् लिगको समूह चरणबाटै बाहिरन बाध्य भएको हो ।
आजको खेल हारेमा युभेन्ट्स सन् २००४–०५ को सिजन यता समूह चरणमा ५ वटा खेल हार्ने पहिलो इटालियन क्लब समेत बन्नेछ । २००४–०५ को सिजनमा रोमाले समूह चरणमा ५ वटा खेल हारेको थियो ।
यता नकआउट चरणमा स्थान पक्का गरिसकेको पीएसजी आज हुने खेलमा जित निकाल्दै दोश्रो स्थानमा रहेको बेनीफिकामाथि अंकदूरी बढाउँदै शिर्ष स्थानमा कायम रहन चाहन्छ । शिर्ष स्थानमा रहेको पीएसजीको ५ खेलमा ११ अंक छ भने दोश्रो स्थानको बेनीफिकाको पनि समान खेलमा ११ अंक नै छ ।
पीएसजीको अट्याकिङ्ग लाइनको ट्राइओ लियोनल मेस्सी, नेयामार र किलियन एम्बाप्पेको सुन्दर प्रदर्शनमा गत साता मकाबी हाइफाविरुद्ध निकालेको ७–२ गोल अन्तरको फराकिलो जितले आजको खेलमा उत्साह थप हुने आँकलन गरिएको छ । यसै जितको मद्दतमा पीएसजीको नकआउट चरणमा स्थान समेत सुरक्षित बनेको थियो ।
पीएसजीले पछिल्लो चारवटा च्याम्पियन्स् लिग अन्तर्गत समूहको अन्तिम खेलमा जित निकाल्न् सफल भएको तथ्यांक छ । यसबाहेक यस सिजनको लय हेर्दा पनि पीएसजी नै आजको खेल जित्ने प्रवल दावेदारको रुपमा हेरिएको छ ।













प्रतिक्रिया