Pura Samachar

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट आज दुई खेल हुँदै

प्रकाशित: November 8, 2022
पूरा समाचार

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट आज  दुई  खेल हुँदै

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज पनि दुई वटा खेल हुँदै छ ।

विहान साढे ९ बजे टियु क्रिकेट मैदान किर्तिपुरमा हुने खेलमा मधेश प्रदेश र नेपाल पुलिस क्लब भिड्दैछन्। हालसम्म समान ३ खेल खेलेका दुवै टोली प्रतियोगितामा अपराजित छन्।

३ वटै खेल जितेको पुलिस ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। दुई खेल जितेर एक खेल बराबरी खेल्दै अंक बाँडेको मधेश प्रदेश ५ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

आजै विहान साढे ९ बजे मुलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्दैछन्। यसअघि खेलेका ३ वटै खेल हारेको कर्णाली प्रदेश आज पहिलो जितको खोजीमा हुनेछ।

अंकविहीन कर्णाली समूह ए को अंकतालिकामा पुच्छारमा छ। तीनमध्ये २ खेल जितेर ४ अंक जोडेको आर्मी तालिकाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया