Pura Samachar

युरोपा लिग फुटबल: यूईएफएले नकआउट चरणको ‘ड्र’ सार्वजनिक

प्रकाशित: November 8, 2022
पूरा समाचार

युरोपा लिग फुटबल:  यूईएफएले  नकआउट चरणको ‘ड्र’ सार्वजनिक

काठमाडौं । यूईएफए युरोपा लिग फुटबलको नकआउट चरण प्ले अफको ‘ड्र’ सार्वजनिक भएको छ ।

यूईएफएले सोमबार नकआउट चरणको ‘ड्र’ सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको ‘ड्र’ अनुसार बार्सिलोनाले म्यानचेस्टर युनाईटेडसँग खेल्ने भएको छ ।

यस्तै युभेन्ट्सले नान्टेससँग खेल्दा सेभियाले पीएसभीसँग खेल्नेछ ।

रोमाले साल्जवर्गसँग प्रतिस्पर्धा गर्दा लिभरकुसेनले मोनाकोसँग खेल्नेछ ।

आयाक्सले युनियन बर्लीनसँग खेल्दा रेनसले शाख्तरसँग तथा स्पोर्टिङले मिड्जीलान्डसँग खेल्नेछ ।

दुई लेगमा हुने नकआउट चरणको पहिलो लेग फेब्रुअरी १६ मा हुनेछ ।

प्रतिक्रिया