
एजेन्सी – ९ खेलाडीमा समेटिएको क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा ओसासुनामाथि रोमाञ्चक पूनरागमन जित निकालेको छ ।बार्सिलोनाले घरेलु टोली ओसासुनासँग १–० ले पछि परेको स्थिति उल्ट्याएर २–१ को पूनरागमन जित दर्ता गरेको हो । पाम्पलोना स्पेनमा मंगलबार राति भएको खेलमा बार्सिलोनाको पूनरागमन जितमा पेड्री र रािफन्हाले गोल गरे । घरेलु टोलीका डेभिड गार्सियाको गोल सान्त्वना बन्यो ।
खेलको छैटौं मिनेटमा गार्सियाको गोलबाट बार्सिलोना पछि परेको थियो । उनले रुवेन गार्सियाको पासलाई सदुपयोग गरेका थिए । ३१औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिन पुग्यो । फरवार्ड रोबर्ट लेवान्डोस्की दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।
त्यसपछि पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा डिफेन्डर जेरार्ड पिके सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना ९ खेलाडीमा समेटिन पुगेपछि टोली थप दवावमा प¥यो । तर ९ खेलाडीमा समेटिएको बार्सिलोनाले दोस्रो हाफमा सानदार प्रदर्शन गर्दै महत्वपूर्ण जित निकाल्न सफल भयो ।
४८औं मिनेटमा पेड्रीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५औं मिनेटमा परिवर्तित खेलाडी राफिन्हाले गोल गर्दै बार्सिलोनालाई पूनरागमन जित दिलाए । ७औं मिनेटमा औसमाने डेम्वेलेको स्थानमा मैदान छिरेका राफिन्हाले फ्रान्की डि जोङको पासमा गोल गन सफल भएका थिए ।
यस रोमाञ्चक पूनरागमन जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले रियल म्याड्रिडलाई ५ अंकले पछि पारेको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको १४ खेलबाट ३७ अंक पुगेको छ । एक खेल कम खेलेको रियल म्याड्रिडको ३२ अंक छ । पराजित ओसासुना २३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
प्रतिक्रिया