Pura Samachar

साफ यू-१५ महिला च्याम्पियनसिप: नेपालले आज बुधबार तेस्रो खेल खेल्दै

प्रकाशित: November 9, 2022
पूरा समाचार

साफ यू-१५ महिला च्याम्पियनसिप: नेपालले आज बुधबार तेस्रो खेल खेल्दै

काठमाडौं । बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बुधबार तेस्रो खेल खेल्दैछ।

नेपालले दोस्रो खेलमा भुटानको सामना गर्नेछ । ढाकामा हुने खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

नेपाल आज लगातार तेस्रो जितको योजनामा हुनेछ । भुटान भने पहिलो जितको खोजीमा हुनेछ ।

यस्तै नेपाल भुटानविरुद्ध लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो भेटमा नेपालले भुटानलाई ७-० गोलले हराएको थियो ।

भुटान नेपालविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा आयोजक बंगलादेशलाई १-० ले हराएको थियो ।

नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थान रहेको छ । भुटान अंक विहीन रहदै पुछारमा छ ।

नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग खेल्नेछ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।

डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छन् ।

प्रतिक्रिया