Pura Samachar

ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

प्रकाशित: November 10, 2022
पूरा समाचार

ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

बारा, धान लोडर गरेर खेतबाट निस्किन लागेको ट्रयाक्टर पल्टिदा बुधबार साँझ बाराको पचरौतामा चालकको मृत्यु भएको छ । खेतबाट उकालो बाटोमा निकाल्ने क्रममा ट्रयाक्टरको अगाडि भाग उल्टिन पुग्दा चालकको सिटमा च्यापिएर मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुवर्ण गाउँपालिका(३ बकतवाका २७ वर्षीय जवाहिर सहनी रहेका छन् । पचरौता नगरपालिका ८ स्थित नहरको बाटो नजिक प्र २ ०३००१ त ४९९१ नम्बरको ट्रयाक्टर पल्टिएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया