Pura Samachar

२४ घण्टामा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, २६ जना काेराेना सङ्क्रमित निको

प्रकाशित: November 11, 2022
पूरा समाचार

२४ घण्टामा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि,  २६ जना काेराेना सङ्क्रमित निको

२४ घण्टामा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर  र एन्टिजेन गरी एक हजार ३ सय ३९ जनाको नमुना परीक्षण गर्दा १० जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २६ जना काेराेना सङ्क्रमित निको भएका छन् । अहिले काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या पाँच सय ४६ जना रहेकाे मन्त्रालयले जनाएको छ । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

काेराेनाविरुद्धकाे खाेप नलगाएकाे विवरण प्राप्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

प्रतिक्रिया