Pura Samachar

पाकिस्तानसँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोली घोषणा

प्रकाशित: November 11, 2022
पूरा समाचार

पाकिस्तानसँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोली घोषणा

२५ कात्तिक, काठमाडौं । कात्तिक ३० गते हुने पाकिस्तान सँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

प्रशिक्षक कटुवालले मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई सुरुवाती प्रशिक्षणमा बाेलाएका थिए । तीमध्ये २३ जनालाई छनोट गरेका हुन् ।

टिममा कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुलाई समावेश गरिएको छैन । गोलकिपर किरण हाल आई-लिगका लागि राउण्ड ग्लास पञ्जावमा आबद्ध भएका छन् र उनी भारतमा लिगका लागि तयारी गरिरहेका छन् । यस्तै आवास लामिछानेले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाउँदा ६ खेलाडीले पुनरागमन गरेका छन् ।यसअघि बंगलादेश विरुद्ध खेलेको मैत्रीपूर्ण खेलमा टिममा नरहेको नवयुग श्रेष्ठ, सुनिल बल, आयुष घलान, पुजन उपरकोटी, गौतम श्रेष्ठ र निशान खठ्काले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।

प्रतिक्रिया