Pura Samachar

हतियारधारीहरूले मध्य मेक्सिकोको गुआनाजुआटो राज्यको एउटा बारमा नौ जनाको  हत्या

प्रकाशित: November 12, 2022
पूरा समाचार

हतियारधारीहरूले मध्य मेक्सिकोको गुआनाजुआटो राज्यको एउटा बारमा नौ जनाको  हत्या

काठमाडौँ – हतियारधारीहरूले मध्य मेक्सिकोको गुआनाजुआटो राज्यको एउटा बारमा नौ जनाको  हत्या गरेका छन् । उक्त हत्यामा लागूऔषध तस्रहरूको संलग्नता रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।  अपासियो एल अल्टो सहरमा उक्त हमला भएको हो ।

“ट्रकमा सवार हतियारधारी पुरुष लेक्सस बारमा आइपुगे र भित्रका मानिसहरूमाथि गोली चलाउँदा पाँच पुरुष र चार महिलाको मृत्यु भयो,” स्थानीय नगरपालिकाले एक विज्ञप्तिमा भन्यो ।

गुआनाजुआटो एक औद्योगिक राज्यमा जलिस्को न्यु जेनेरेसन र सान्ता रोजा डे लिमा ड्रग तस्करबीच हिंसात्मक झडप हुने गर्छ ।

स्थानीय सञ्चारमाध्यमले यो आक्रमण सान्ता रोजा डे लिमाका नेता जुआन रोडोल्फो येपेजको मंगलबार पक्राउ गरेको बदला भएको बताएका छन् ।

प्रतिक्रिया