Pura Samachar

आज डोटीको दिपायल, कैलालीको अत्तरिया र लम्कीमा आयोजना हुने कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने

प्रकाशित: November 12, 2022
पूरा समाचार

आज डोटीको दिपायल, कैलालीको अत्तरिया र लम्कीमा आयोजना हुने कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने

धनगढी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज शनिबार सुदूरपश्चिम आउँदै छन् ।

अध्यक्ष ओलीले आज दुई जिल्लाका तीन चुनावी सभालाई सम्बोधन गर्न एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए ।

उनकाअनुसार आज डोटीको दिपायल, कैलालीको अत्तरिया र लम्कीमा आयोजना हुने कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने छन् ।

अध्यक्ष ओलीले बिहान ११ बजे दिपायलको कार्यक्रम सम्बोधन गर्ने, २ बजे कैलालीकाे अत्तरियामा र ४ बजे लम्कीचुहामा आयोजित चुनावी सभामा सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ ।

यी तीनै सभालाई अध्यक्ष ओलीसहित एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले पनि सम्बोधन गर्ने छन् ।

अध्यक्ष ओली एक साता अघि मात्र सुदूरपश्चिमकाे दार्चुलामा चुनावि सभाकाे सुरुवात गरि बैतडी र कञ्चनपुरकाे सभालाई सम्बाेधन गरी फर्केका थिए ।

प्रतिक्रिया