Pura Samachar

फिफा विश्वकप फुटबलका लागि आयोजक २६ सदस्सीय टोलीको घोषणा

प्रकाशित: November 12, 2022
पूरा समाचार

फिफा विश्वकप फुटबलका लागि आयोजक २६ सदस्सीय टोलीको घोषणा

काठमाडौं । फिफा विश्वकप फुटबलका लागि आयोजक कतारले टिम घोषणा गरेको छ ।

कतारले शुक्रबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो।

कतारले घोषणा गरेको टोलीमा सर्वाधिक गोलकर्ता अल्मोइज अली अटाएका छन् । उनले कतारका लागि ८५ खेलमा ४२ गोल गरिसकेका छन् ।

कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।

विश्वकपमा कतार समूह ‘ए’ मा रहेको छ ।

यस समूहमा इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स रहेको छ ।

कतारले उद्घाटन खेल नोभेम्बर २० मा इक्वेडरसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

 

प्रतिक्रिया