Pura Samachar

पिएसजीकाे अक्जिरमाथि ५–० को सानदार जित

प्रकाशित: November 14, 2022
पूरा समाचार

पिएसजीकाे अक्जिरमाथि ५–० को सानदार जित

एजेन्सी, फिफा विश्वकप कतार २०२२ अघिको फ्रेन्च लिग वानमा अपराजित रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा पिएसजीले अक्जिरमाथि ५–० को सानदार जित हात पारेको हो ।

पिएसजीको जितमा केलियन एमबाप्पे, कार्लोस सोलेर, अचरफ हाकिमी, रेनाटो सान्चेज र ह्युगो इटिकेले गोल गरे । पहिलो हाफमा एक गोल गरेको पिएसजीको दोस्रो हाफमा चार गोल थप्दै फराकिलो जित दर्ता गर्न सफल भयो ।

पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलको ११औं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । उनले नुनो मेन्डिसको पासलाई सदुपयोग गरेका थिए ।

पिएसजीले दोस्रो गोलको लागि दोस्रो हाफ नै कुर्नुप¥यो । ५१औं मिनेटमा नुनो मेन्डिसको पासमा कार्लोस सोलेरेले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।

प्रतिक्रिया