Pura Samachar

रुपन्देहीको देवदहमा दम्पती मृत भेटिए

प्रकाशित: November 14, 2022
पूरा समाचार

रुपन्देहीको देवदहमा दम्पती मृत भेटिए

बुटवल रुपन्देहीको देवदह–५ मा दम्पती मृत भेटिएका छन्। पाल्पाली टोलका ३६ वर्षीय बोलिन्द्र र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर आफ्नै घरभित्र मृत भेटिएका हुन्।

हेमकलाको शव भुइँमा तन्नाले बेरिएको र बोलिन्द्रको शव पंखामा झुण्डिएको अवस्थामा फेला परेको देवदह प्रहरी चौकी प्रमुख गंगाबहादुर सारूले बताए।

सारूका अनुसार घरको भित्रबाट चुकुल लगाइएको थियो। बोलिन्द्र हालै मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए। घटनाको प्रकृति हेर्दा बोलिन्द्रले हेमकलाको हत्या गरेर आत्महत्या गरेको जस्तो देखिएको प्रहरी प्रमुख सारूले जानकारी दिए।

प्रतिक्रिया