
काठमाडौं । कतार फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले फराकिलो जित निकालेको छ । अर्जेन्टिनाले बुधबार राति भएको मैत्रीपूर्ण खेलमा घरेलु टोली युएईलाई ५-० गोल अन्तरले हराएको हो ।
अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले दुई गोल गरे । जुलियन अल्भारेज , लियोनल मेस्सी र जोआकिन कोर्रेयाले एक एक गोल गरे ।
युएईविरुद्ध अर्जेन्टिनाले पहिलो हाफकै चार गोल गरेको थियो । दोस्रो हाफमा थप एक गोल गरेको थियो ।
प्रतिक्रिया