Pura Samachar

न्युजिल्याण्डलाई जितका लागि १ सय ९२ रनको लक्ष्य

प्रकाशित: November 20, 2022
पूरा समाचार

न्युजिल्याण्डलाई जितका लागि १ सय ९२ रनको लक्ष्य

पाहुना टोली भारतले दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा न्युजिल्याण्डलाई जितका लागि १ सय ९२ रनको लक्ष्य दिएको छ । माउन्ट माउन्गानुइमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनायो ।भारतका लागि सूर्यकुमार यादवले अविजित रहदै १ सय ११ रनको शतकीय इनिङ खेले । उनले ५१ बलमा ११ चौका र ७ छक्का हिर्काए।उनको यो टी-ट्वान्टी अन्तराष्ट्रियमा दोस्रो शतक हो । यस्तै इशान किशनले ३६ रन जोडे । कप्तान हार्दिक पाण्डय र श्रेयस अय्यरले समान १३/१३ रन बनाए ।न्युजिल्याण्डका टिम साउथीले ३ तथा लक्की फर्गुसनले २ विकेट लिए । दुई टोलीबीचको पहिलो टी-ट्वान्टी रद्द भएको थियो। वर्षाको कारण विलिङटनमा तय पहिलो टी-ट्वान्टी रद्द भएको हो ।

प्रतिक्रिया