
काठमाडौंमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
गएराति ९ बजे चाबहिलमा बा १ ग २०८९ नम्बरको ट्रक र बा ३९ प ११५६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका १ का २५ वर्षका छिरिङ शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार छिरिङको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको छ ।
यस्तै, काठमाडौंकै बालाजुमा गएराति भएको दुर्घटनामा एक जना पैदलयात्रुको ज्यान गएको छ। बालाजुको गङ्गाहल नजिकै गएराति साढे ९ बजे बा ४२ प ९९४५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल हिँडिरहेका एक जना पुरुषको मृत्यु भएको हो ।उनको परिचय र ठेगाना खुल्न बाँकी छ। मोटरसाइकलका चालक पनि भागेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया