Pura Samachar

प्रतिनिधिसभा निर्वाचनको मतगणना केही क्षेत्रवाहेक अधिकांश क्षेत्रमा शुरु

प्रकाशित: November 21, 2022
पूरा समाचार

प्रतिनिधिसभा निर्वाचनको मतगणना केही क्षेत्रवाहेक अधिकांश क्षेत्रमा शुरु

काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचनको मतगणना केही क्षेत्रवाहेक अधिकांश क्षेत्रमा शुरु भएको छ ।

मतगणनामा नेकपा एमालेले प्रारम्भिक अग्रता लिएको छ । सोमवार मध्यान्हसम्म एमालेले ६ स्थानमा अग्रता लिएको छ । यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ स्थानमा अग्रता लिएको छ ।

एमालेले झापा २, बाँके ३ र धनुषा ३ मा अग्रता लिएको छ । यस्तै राजधानीको ललितपुरको तीनवटै निर्वाचन क्षेत्रमा एमालेले प्रारम्भिक अग्रता लिएको छ । यस्तै स्वतन्त्र पार्टीले काठमाडौं ६,७,८ र कास्की २ मा शुरुवाती अग्रता लिएको छ ।

सत्ता गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसले २ स्थानमा अग्रता कायम गरेको छ । सिके राउतको जनमत पार्टीले पनि एक स्थानमा अग्रता लिएको छ ।

प्रतिक्रिया