काठमाडौँ — नेपालका लागि चिनियाँ राजदूतमा छन् सोङ नियुक्त भएका छन् । परराष्ट्र स्रोतका अनुसार काठमाडौंमा रिक्त रहेको राजदूत पदमा चीनले कूटनीतिज्ञ छन्लाई नियुक्त गरेको हो । छन् अहिले चीनको विदेश मन्त्रालयको एसिया मामिला विभागका उपमहानिर्देशकको रुपमा कार्यरत छन् । छन्ले नेपालसहित दक्षिण एसियाली मुलुकहरू हेर्दै आइरहेका छन् । चीनले नेपाललाई प्राथमिकतामा राख्नुका कारणले पनि लामो समय दूतावासको नेतृत्व खाली राख्ने गरेको छैन । नयाँ राजदूत छन् नेपालसहित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतका मुलुकहरूलाई नजिकबाट नियालिरहेका कूटनीतिज्ञ हुन् ।
होउ यान्छीले नेपालमा चार वर्षे कार्यकाल पूरा गरेर गएपछि चीनले नयाँ राजदूतलाई पठाउन लागेको हो । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालका लागि चीनले नयाँ राजदूत नियुक्त गरेको बारेमा आफूले अनौपचारिक रुपमा थाहा पाएको बताए ।
नयाँ राजदूत छन्को एग्रिमो (सहमति) का लागि चीन सरकारले नेपाललाई पत्राचार गर्न भने बाँकी छ ।
प्रतिक्रिया