Pura Samachar

मकवानपुर क्षेत्र नम्बर २ (२) नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ निर्वाचित

प्रकाशित: November 23, 2022
पूरा समाचार

मकवानपुर क्षेत्र नम्बर २ (२) नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ निर्वाचित

हेटौंडा : मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ (२) मा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।

लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवार रहेका नेपाली कांग्रेस प्रदेश सभापति बानियाँले नेकपा एमालेका लालबहादुर थापालाई १ हजार ७८२ मतले पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ।

सो क्षेत्रमा ४० हजार ५९९ मत खसेको थियो। जसमा बानियाँले १८ हजार ७१६ मत पाउँदा थापाले १६ हजार ९३४ मत पाएका हुन्।

बानियाँ २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट १९ हजार २४५ मतका साथ निर्वाचित भएका थिए।

प्रतिक्रिया