कतारको अल जुनौब रंगशालामा स्विट्जरल्यान्डलाई जितसहित महत्वपूर्ण तीन अंक दिलाउन इम्बोलोले ४८ औं मिनेटमा निर्णायक गोल गरे । जेड्रान साक्विरीले गरेको क्रसमा १८ यार्ड बक्सभित्र रहेका इम्बोलोले उत्कृष्ट ‘फस्र्ट टच फिनिसिङ’ दिए ।गोल गरे पनि क्यामरुन आफ्नो जन्मभूमि भएकाले इम्बोलोले गोलको खुसियाली भने मनाएनन् । क्यामरुनमा जन्मिए पनि इम्बोलोले सन् २०१५ देखि स्विट्जरल्यान्डको राष्ट्रिय टिमबाट खेल्दै आएका छन् ।
यो समूहमा स्विट्जरल्यान्ड र क्यामरुनसँगै ब्राजिल र सर्विया छन् । समूहबाट शीर्ष दुई टिमले अन्तिम १६ मा स्थान बनाउनेछन् ।













प्रतिक्रिया