Pura Samachar

इरानले वेल्सलाई २–० गोलले पराजित विश्वकप फुटबलमा पहिलो जित

प्रकाशित: November 25, 2022
पूरा समाचार

इरानले वेल्सलाई २–० गोलले पराजित विश्वकप फुटबलमा पहिलो जित

मंसिर ९, २०७९ | काठमाडौं इरानले विश्वकप फुटबलमा पहिलो जित हात पारेको छ । अहमद बिन अलि स्टेडियममा आज भएको खेलमा वेल्सलाई २–० गोलले पराजित गर्दै इरानले पहिलो जित निकालेको हो । इरानको जितमा रौज्बेह चेस्मी र रमिन रिजाइनले एक/एक गोल गरे । दुबै गोल खेलको इन्जुरी समयमा भएको थियो ।

इरान पहिलो खेलमा इंग्ल्याण्डसँग ६–२ ले पराजित भएको थियो । भने वेल्सले पहिलो खेलमा अमेरिकासँग १/१ को बराबरी खेलेको थियो । जितसँगै २ खेलबाट ३ अंक जोडेको इरान समुह बी को दोस्रो स्थानमा उक्लेको छ । २ खेलबाट १ अंक जोडेको वेल्स पुछारमा छ । समूह ए मै रहेका नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल आजै राति पौने १० बजे सुरु हुनेछ । यस्तै, समुह बी मा रहेका दुई टोली कतार र सेनेगलबीच अल थुमामा स्टेडियममा अहिले प्रतिस्पर्धा भइरहेको छ । यसै समुहमा रहेका अर्का दुई टोली इंग्ल्यान्ड र अमेरिकाबीचको खेल राति पौने १ बजे हुनेछ ।

प्रतिक्रिया