
डा. हरिमोहन पोखरेल
कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले आजभोलि चली रहेको शङाई महोत्सवको तत्वावधानमा आयोजित परंपरागत मार्सल आर्टमा भाग लिएको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार राज्यको खुमन लाम्पाक स्टेडियममा आयोजित सो समारोहमा बोल्दै उनले भने कि हामीले आज विश्वमा आफ्नो पहचान बचाउनको लागि पनि यो कार्यक्रम गर्नुपर्ने छ ।
उनले अगाडि थपे कि कतिपय जातिहरूले आज आफ्नो पहिचान र परंपरा भूली सकेका छन ।विश्व नै आज अलग्गै दिशामा बगी रहेको छ ।यस्तो अवस्थामा हामीले यो चीजलाई बचाएर राख्नु जरूरी छ ।
उनले अगाडि भने कि शङाई महोत्सव बीचमा यो कार्यक्रमले एउटा अलग्गै इतिहास थपेको छ ।
प्रतिक्रिया