Pura Samachar

कतारमा जारी विश्वकप फुटबलमा अष्ट्रेलियाले पहिलो जित

प्रकाशित: November 26, 2022
पूरा समाचार

कतारमा जारी विश्वकप फुटबलमा अष्ट्रेलियाले पहिलो जित

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा अष्ट्रेलियाले पहिलो जित निकालेको छ।

शनिबार अल जानौब रंगशालामा भएको खेलमा अष्ट्रेलियाले ट्युनिसियालाई १–० गोल अन्तरले पराजित गरेको हो।

अष्ट्रेलियालाई जित दिलाउन खेलको २३ औँ मिनेटमा मिचेल डुकले गरेको गोल नै निर्णायक रह्यो। जितसँगै अष्ट्रेलियाले तीन अंक जोडेको छ।

ट्युनिसियाले गोलका लागि केही राम्रा अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन।

समूह ‘डी’मा रहेको अष्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग पराजित भएको थियो भने ट्युनिसियाले डेनमार्कसँग बराबरी खेलेको थियो।

प्रतिक्रिया