
काठमाडौं । कप्तान लियोनल मेसी चम्किँदा अर्जेन्टिनाले फिफा विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा मेक्सिकोलाई २–० ले पराजित गर्दै अन्तिम–१६ को सम्भावनालाई कायम राखेको छ । मेक्सिकोविरुद्ध प्रेरणादायी प्रदर्शन गरेका मेसीले खेलमा एक गोल र एउटा असिस्ट गरे ।
कतारको लुसैल रंगशालामा शनिबार मेसीले ६३ औँ मिनेटमा गरेको गोलबाट अर्जेन्टिनाले अग्रता बनाएको थियो । मेसीले बक्स बाहिरबाट गरेको प्रहारले सोझै जाली चुमेको थियो । यो गोलसँगै मेसीले विश्वकपमा म्याराडोनाले गरेको गोलसँग बराबरी गरेका छन् । मेसीले विश्वकपमा म्याराडोनाले गरेको ८ गोलसँग बराबरी गरेका हुन् ।
प्रतिक्रिया